दफा १५
भूलसुधार गर्ने
: विवाह अधिकारीले यो ऐन बमोजिम विवाह दर्ता किताबमा जनिएको कुराको कुनै किसिमको भूलसुधार गर्न आवश्यक देखेमा सम्बन्धित विवाहका पक्षहरु वा निजहरु जीवित नभएमा वा अनुपस्थित रहे अरु कुनै दुईजना पत्यारलायक साक्षीहरुको सामुन्नेमा मूल दर्तालाई कुनै केरमेट नगरी दर्ताको छेउपट्टी भूलसुधार गरी आफ्नो र सो पक्षहरुको वा साक्षीहरुको पनि सहीछाप गर्नु गराउनु पर्दछ ।